बौद्ध खुकुरी काण्ड : तीनजना अभियुक्त दिल्लीबाट पक्राउ

काठमाडौं । काठमाडौंको बौद्धस्थित बाहुनाधारामा मोटरसाइकलमा सवार एक युवकमाथि खुकुरी प्रहार गरेर फरार भएका तीन जना दिल्लीबाट पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोगमा उनीहरूलाई भारतको राजधानी दिल्लीबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।पक्राउ परेकाहरूको नाम र ठेगाना सार्वजनिक गरिएको छैन । घटनामा संलग्न चौथो व्यक्ति भने फरार रहेको बताइएको छ ।

१२ साउनको राति करिब ९ बजेतिर बौद्ध नयाँबस्तीस्थित डी क्याफे मा खाजा खाएर बाहिर निस्कँदै गरेका काभ्रेको रोशी गाउँपालिका–१० का २८ वर्षीय जितबहादुर मोक्तानमाथि खुकुरी प्रहार भएको थियो ।चार जनाको समूहले योजनाबद्ध रूपमा मोटरसाइकलमै पिछा गर्दै आएका मोक्तानमाथि हात, ढाड र पेटमा अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते अवस्थामा रहेका मोक्तानको अहिले अवस्था खतरामुक्त भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..