राजु गोर्खाली पक्राउ पर्नुको कारण १० करोडको चेक बाउन्स

काठमाडौँ । गुण्डा नाइके राजु गोर्खाली ‘राजेन्द्र बहादुर गोर्खाली’ आइतबार चन्द्रागिरी स्थित चोभारबाट पक्राउ परे । उनी बैंकिङ्ग कसुर मुद्दामा पक्राउ परेका हुन् । गोर्खालीले टिकाराम तिवारीलाई दिएको १० करोडको चेक बाउन्स भएको छ ।

गोर्खालीलई १० करोडको बैंकिङ्ग कसुर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले पक्राउ गरेर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ । ५५ वर्षीय गोर्खाली काठमाडौँ महानगरपालिका वडा नम्बर–७ मा बस्दै आएका छन् ।

काठमाडौँ उपत्यकामा सक्रिय पुराना गुण्डा मध्येका गोर्खाली २०७४ र २०७५ मा पक्राउ परेर छुटेका थिए । त्यसबेला सञ्चयकोषको स्वामित्वमा रहेको काठमाडौँ मल बाहुबली प्रयोग गरेर ठेक्कामा लिएको र धेरै भाडा उठाउने क्रममा विवाद गरेको आरोपमा पक्राउ परेर छुटेका थिए ।उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..