नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वंशज नागरिकता आमाको नामबाट पनि लिन सकिन्छ भन्ने कुरा विस्तारै बुझ्न थालेको बताएका छन्।

विधायन व्यवस्थापन समितिमा भएको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफलमा उनले वंशजको आधारमा नागरिकता पाउने सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाबको भाव आएको भन्दै अहिले विस्तारै वंश भनेको आमा पनि हो भन्ने अवस्थामा पुगेको बताए।

‘बुबा जहाँको भएपनि जुनसुकै वर्ग, देश जोस जुन माटोमा जन्मियो त्यसको नागरिकता पाउँछ। हाम्रो नेपालको सिद्धान्त भनेको वंशजको सिद्धान्त हो,’ उनले भने, ‘वंशजको सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाबको भाव आएको हुनाले अब आमाको के हुन्छ त, वंश बुबाले स्थापित गर्ने हो भने आमाको के हुन्छ भन्ने बहसहरु भईरहेको बेला अहिले विस्तारै वंश भनेको आमा पनि हो भन्ने अवस्थामा पुगेका छौं।’

यस्तै, उनले ब्रिटिस गोर्खाको विषयमा ब्रिटिसको न्याचुरलाइजेशन नागरिकता पाइसकेको मान्छेले नेपालमा दोहोरो नागरिकता नपाउने भन्दै जसले त्यो लिएको छैन, त्यो नेपाली नागरिक नै भएको कुरामा स्पष्ट हुनुपर्ने बताए।

‘अर्को ब्रिटिस गुर्खाको कुरामा जुन मान्छेले ब्रिटिसको न्याचुरलाइजेशन नागरिकता पाइसक्यो, त्यो मान्छे युकेको नागरिक हो। उसको दोहोरो नागरिकता नेपालमा हुँदैन,’ उनले भने, ‘जसले त्यो लिएको छैन, त्यो नेपाली नागरिक नै हो, भन्ने कुरामा स्पष्ट हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..