नाउपाको अध्यक्ष रञ्जिता नै रहेको निर्वाचन आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय गरेको छ ।हिजो सम्पन्न आयोगको बैठकले पार्टीका तर्फबाट पदाधिकारी हेरफेर भएको भनी केही विवरण आएपनि त्यो प्रक्रियासम्मत नरहेको निष्कर्षसहित पुरानै अभिलेखलाई निरन्तता दिने निर्णय गरेको हो ।

निर्वाचन आयोग स्रोतले भन्यो, ‘नागरिक उन्मुक्ति पार्टी अध्यक्षको हेरफेर भएको भनी अभिलेख अद्यावधिक गरिदिन पत्र आएको रहेछ । तर, त्यो प्रक्रियासम्मत नभएकाले पुरानै अवस्थाले निरन्तरता दिने अवस्था रह्यो ।’

नाउपा अध्यक्ष श्रेष्ठ पटक–पटक विवादमा परेपछि राष्ट्रिय भेला गरेर उनको स्थानमा लालवीर चौधरीलाई अध्यक्ष तोकिएको थियो । साउन १४ र १५ गते काठमाडौंमा राष्ट्रिय भेला गरेर अध्यक्षबाट रञ्जितालाई बर्खास्त गर्ने निर्णय भएको थियो ।भेलाको निर्णय अनुसार नाउपाले अध्यक्ष परिवर्तन गरेको जानकारीसहित अद्यावधिकका लागि निर्वाचन आयोगलाई पत्र पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..