म राष्ट्रपति हुँदा मेरो घरमा खुसी थिएन, छोरीहरूले पनि प्रश्न उठाएका थिए : विद्या भण्डारी

काठमाडौं । नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा आईसकेकोले अब पछि नफर्कने बताएकी छिन् । आफ्नो निवासमा पत्रकारहरसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएकी हुन् । आफू राष्ट्रपतिको भूमिकामा पनि पार्टीले पठाएर गएको स्मरण गराईन् । ०७० सालमा नै आफूलाई पार्टीले सभामुखको पनि अफर गरेको भण्डारीले खुलासा गरिन् ।

राष्ट्रपतिको अफर आउँदा सुरुमा निर्णय लिन समय लिएको भण्डारीको भनाई छ । उनले भनिन्,‘‘राष्ट्रपति बन्नुपर्छ भनेर प्रस्ताव आउँदा मलाई रातभर निन्द्रा लागेन, राष्ट्रपतिमा जाने कि नजाने भनेर। छोरीहरूले पनि राष्ट्रपतिमा गएर बुवाको सपना कसरी पूरा हुन्छ भनेर मलाई सोधे, म राष्ट्रपति हुँदा मेरो घरमा खुसी थिएन ।’

तर, राष्ट्रपतिको भूमिका निर्वाह गर्दा र लिएका निर्णयप्रति कुनै पछुतो नभएको उनको भनाई छ । संसद् विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय सदर गरेको कुरामा पनि कुनै गल्ती गरेको भन्ने आफूलाई अहिलेपनि नलागेको भण्डारीको भनाई छ । भण्डारी एमालेको राजनीतिमा फर्किएको विषयमा एमालेभित्र भने बहस र विवादको विषय बनेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन नहुने सुझाव दिएको बताईन्छ । सचिवालय, पोलिटब्यूरो हुँदै केन्द्रीय कमिटी बैठकसम्म पुग्दा ओली पक्षधर नेताहरुले भण्डारीको राजनीतिमा फिर्तीको विषयलाई आलोचना गरेका छन् । उनीहरुले कुनैपनि हालतमा अध्यक्षमा ओलीको विकल्प नभएको मत राखेका छन् । भण्डारीले भने आफ्नो पक्षमा बोल्ने नेता तथा कार्यकर्ताहरुले ओली पक्षले आतंकित तुल्याएको संकेत गरेकी छिन्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..