बेचन झा केन्द्रीय कारागार चलान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा केन्द्रीय कारागार चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले अदालतको आदेशअनुसार झालाई आइतबार नै सुनधारामा रहेको केन्द्रीय कारागारमा पठाइएको बताए।

झालाई संगठित अपराध, ठगी, लिखत क्रीते र राज्यविरुद्धको अपराधको कसुरमा मुद्दा दायर भएको छ। यद्यपि उनले आफूमाथि लागेका सम्पूर्ण अभियोग इन्कार गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..