लोकतन्त्र भनेको जनताको शासन हो, यो छाडा हुन सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र भनेको जनताको शासन भएको बताएका छन् । नेपाल खेलकुद महासंघको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन गर्दै ओलीले लोकतन्त्र जनताको शासन भएकाले छाडा हुन नसक्ने बताएका हुन् ।

उनले स्वतन्त्रता भनेको छाडापन नभएको बताए । ओलीले भने, ‘स्वतन्त्रताको हक भनेको बेलगमा र छाडा हुनु होइन, लोकतन्त्र भनेको छाडातन्त्र होइन ।’

कसैको सनकका भरमा शासन सञ्चालन नहुने उनको भनाई छ । ‘लोकतन्त्र एउटा अनुशासित समाज हो’, उनले भने, ‘सामाजिक प्रबन्ध मानेर नै समाज चल्ने हो, संविधान, कानुन मानेर नै समाज चल्छ ।’

नेपालमा स्थापना गरिएको प्रणाली उपयुक्त छ कि छैन भन्ने विषयमा अहिले छलफल गर्ने बेला नभएको ओलीको भनाई छ । संवैधानिक व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र सफल बनाउने तर्फ ध्यान जानु पर्नेमा ओलीले जोड दिए ।

बैठकमा ओलीले सरकार, देश असफल पार्न खोज्नेहरू हुन सक्ने भन्दै त्यसविरुद्ध बोल्न आग्रह गरे । “हामी राष्ट्रिय एकताको पक्षमा छौँ । अनेक प्रकारका शक्तिहरूले विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न खोज्छन् । जनता–जनताकाबीचमा सङ्कीर्ण साम्प्रदायिक कुराहरू गर्न सक्छन् । र, धर्म, जात, भाषा, संस्कृतिका नाममा कहाँकहाँ भिन्नता भेटिन्छ, त्यसलाई दुरुपयोग गरेर पारस्परिक घृणाको विषय बनाउन सक्छन्,” ओलीले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..