कांग्रेस सभापति देउवासँग अष्ट्रेलियाकी राजदूत भोल्कको विदाई भेटवार्ता

काठमाडौं । नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग विदाई भेटवार्ता गरेकी छिन् । नेपालमा आफ्नो कार्यकाल सकाएर स्वदेश फर्किनुअघि राजदूत भोल्कले विभिन्न दलका नेताहरु र सरकारका उच्च पदस्थहरुसँग विदाई भेटवार्ता गरिरहेकी छिन् ।

सोही सिलसिलामा उनले आज कांग्रेस सभापति देउवासँग पनि विदाई भेटवार्ता गरेकी हुन् । सो क्रममा उनले देउवाको प्रधानमन्त्रीत्व कार्यकालको पनि सम्झना गरेकी छिन् ।

उनले नेपाल–अष्ट्रेलिया सम्बन्ध पछिल्लो समय झनै बलियो बनेको दाबी गरेकी छिन् । दुई देशबीच जनस्तरमा पनि सम्बन्ध सुमधुर भैरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..