भुटानी शरणार्थी प्रकरण: बेचनको थुनछेक बहस आज पनि सकिएन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाविरुद्धको थुनछेक बहस आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

जिल्ला न्यायाधीश तीर्थराज केसीको इजलासमा बुधबार बयान सकिएर र शुक्रबार थुनछेक बहस सुरु भएको हो।

तर बहस नसकिएकाले आइतबारलाई हेर्दाहेर्दैमा राखिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको मुख्य नाइके मानिएका बेचन असार १५ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनीविरुद्ध विभिन्न चारवटा मुद्दाहरु अघि बढाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..