भारतले दियो नेपाललाई ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार

काठमाडौं । भारतले आफ्नो ७८औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहार प्रदान गरेको छ ।

भारतीय दूतावासले आज एक विशेष कार्यक्रम गरी स्कुल बस र एम्बुलेन्स नेपाललाई हस्तान्तरण गरेको हो। स्वतन्त्रता दिवसको अवसरमा प्रत्येक वर्ष नेपाललाई एम्बुलेन्स र स्कुल बस दिँदै आएको भारतले हालसम्म एक हजार ९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस प्रदान गरिसकेको छ ।

पछिल्लो एक वर्षमा भारतीय सहयोगमा नेपालमा २५ परियोजना उद्घाटन गरिएको, ६ परियोजनामा हस्ताक्षर भएको र ९ वटा परियोजना शिलान्यास गरिएको दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..