नेपाली कांग्रेस र एमाले मिलेकोबारे रवि लामिछानेको टिप्पणी : इथिक्स मिलेर होईन इन्ट्रेष्ट मिलेर मिलेका हुन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस र एमाले दुई ठूला दल मिल्नुको कारण इथिक्स मिलेर नभई इन्ट्रेष्ट (स्वार्थ) मिलेर मिलेको दाबी गरेका छन् । टीआरसीसम्बन्धी विधेयकमाथि प्रतिनिधि सभाको आजको बैठकमा भैरहेको छलफलमाथि भाग लिँदै उनले यस्तो दाबी गरेका हुन् ।

उनले लोकतन्त्रलाई नै आफूहरुले जीवन पद्धती बनाएको उल्लेख गर्दै अरु दलले साँच्चिकै यसरी लोकतन्त्रलाई जीवन पद्धती बनाएका छन् त ? भनेर प्रश्न पनि तेर्साए । सो क्रममा उनले कांग्रेस र एमाले दुई ठूला दल एक ठाउँमा आउनुको परिस्थिति आफूहरुले नदेखेको र दलले स्विकार नगर्ने टिप्पणी गरे ।

उनले भने,‘दुई ठूला दल दुई तरिकाले मिल्छन् । कि इथिक्स मिल्दा कि इन्ट्रेष्ट मिल्दा । इथिक्स मिल्दा जहिल्यै मिलेपनि हुन्छ । तर, इन्ट्रेष्ट मिलेर मिल्दा चाहीँ मिलेको भन्न मिल्दैन् । यो मोटाउनु र सुन्निुजस्तै हो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..