दुर्घटनामा परेको जहाजका क्याप्टेनको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले लिए जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

घाइते क्याप्टेनको उपचारका विषयमा बुझ्न प्रधानमन्त्री ओली केहीबेर अघि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज पुगेका थिए ।

सो क्रममा प्रधानमन्त्री ओलीले उनको उपचारमा संलग्न चिकित्सक र परिवारजनसँग समेत कुराकानी गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..