माधव नेपालले सत्ता समिकरणभन्दा बाहिर नजाने क्लियर गर्नुभएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता समिकरणमा कुनै समस्या नभएको स्पष्ट पारेका छन् । सत्ता समिकरणमा रहेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सत्ता गठबन्धनबाट अलग हुन खोजेको र कांग्रेससँग सहकार्य गर्न लागेको समाचार आएको बेलामा प्रधानमन्त्री दाहालले यस्तो स्पष्टीकरण दिएका हुन् । उनले आज विहानमात्रै आफूले माधव नेपालसँग कुरा गरेको सुनाउँदै एकीकृत समाजवादी अहिले सत्ता समिकरणबाट दायाँबायाँ नहुने जिकिर गरे ।

विराटनगर विमानस्थलमा सञ्चारकमीहरुसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले माधव नेपालले यो बीचमा कांग्रेससँग र आफूहरुसँग हुने र जोडिनेजस्तो गरेपनि अहिले सत्ता समिकरणबाट कतै नजाने बताए । उनले भने,‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो । तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्नेकुरामा क्लियर गर्नुभएको छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित् निवासमा माधव नेपाल, उपेन्द्र यादव र महन्थ ठाकुरबीच मधेश सरकारको विषयमा पनि कुराकानी भएको थियो । त्यसमा पनि प्रधानमन्त्री प्रचण्डले मधेश सरकार गठनको सवालमा पनि एकीकृत समाजवादी आफूहरुसँगै उभिने दाबी गरे । उनले भने,‘समीकरण भन्दा बाहिर मधेसमा पनि अर्को बन्दैन । अहिले हाम्रो जेछ त्यही हुन्छ ।’ मधेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले यही जेठ २३ गते विश्वासको मत लिने जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..