सभामुखलाई रबर स्ट्याम्प बनाएर मर्यादाको चीरहरण गरियोः विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्मा सभामुखलाई रबर स्ट्याम्प बनाएर मर्यादाको चीरहरण गरिएको टिप्पणी गरेका छन् ।

आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने क्रममा मार्सल प्रयोग गरिएको थियो । कांग्रेसको अवरोधका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिए ।

‘संसदमा आज सभामुख देखिँन । देखिरहेको छु रबर स्ट्याम्प बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र,’– संसद्को सो गतिविधिमा प्रक्रिया जनाउँदै महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..