सहकारी ठगीबारे प्रहरीले गृहमन्त्रीलाई सोध्न सकेन, अनि समिति चाहियो : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रवि लामिछाने गृहमन्त्री भएपछि प्रहरी र सीआइबीले सहकारी ठगीमा अनुसन्धान रोकेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन् । उनले अस्तिसम्म सांसदमात्रै रहेका रवि लामिछाने अहिले उपप्रधानमन्त्री एवम् गृहमन्त्री समेत रहेका कारण संसदीय छानबिन समिति गठन गर्नुपर्ने परिस्थिति बनेको बताए ।

उनले सांसदमात्रै हुँदा लामिछानेमाथि सहकारी ठगीमा प्रहरी र सीआइबीले अनुसन्धान गरिरहेको र लामिछाने गृहमन्त्री भएपछि ती छानबिनका सबै कामहरु रोकिएको दाबी गरे ।

‘तपाई सम्झिनुस् कि रवि लामिछानेको नाममा हरि लामिछाने भएको भए के हुन्थ्यो ? अहिलेसम्म के भइसकेको हुन्थ्यो रु प्रहरीले सोध्थ्यो कि सोध्दैन थियो ?, महामन्त्री थापाले लामिछानेले सहकारीबाट ऋण लिएको खुल्ने कागजातहरु देखाउँदै भने, ‘प्रहरीले तालुकदार मन्त्रालयको नेतृत्वमाथि प्रश्न गर्दैन, गरेन । त्यहीकारण संसदीय छानबिन समिति गठन गर्न, छानबिन गर्न आवश्यक भएको हो ।’

यस्तै महामन्त्री थापाले लामिछानेले सहकारीबाट ऋण लिएका कागजात र सो विषयमा प्रहरी र सीआइबीले अनुसन्धान गरेका प्रमाणका कागजागतहरु सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..