गगनको प्रश्न – रवि लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रास्वपाका सभापति रवि लामिछानेले आफू गृहमन्त्री भएको बिर्सिएको बताएका छन् ।

आइतबार लामिछानेले प्रतिनिधिसभा बैठकमा बोलेपछि पत्रकार सम्मेलन गर्दै थापाले यस्तो बताएका हुन् । उनले लामिछाने टेलिभिजन प्रस्तोता हो कि गृहमन्त्री भन्नेमा आफू अलमलिएको बताए ।

“गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता भन्ने कुरामा थोरै अलमल भयो । गृहमन्त्री हो भन्ने कुरा माननीय गृहमन्त्रीले बिर्सनुभयो कि भन्ने लाग्यो,” उनले भने ।

टेलिभिजन प्रस्तोता हुँदा प्रश्न उठाउने विषय स्वाभाविक रहेको उनको भनाई छ । तर, गृहमन्त्रीले फाइल खोल्दिऊँ ? भनी प्रश्न गर्नु स्वाभाविक नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..