संसदीय छानविन समितिबारे कांग्रेससँग भोलि विहानसम्म सहमति हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को गतिरोध चाँडै अन्त्य हुने बताएका छन् । आज (शनिबार) नेपालको कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भोलि विहानसम्म कांग्रेससँग सहमति गरेर संसद् अवरोध अन्त्य हुने बताएका हुन् ।

‘मैले केही दिनदेखि लगातार समीकरणभित्र पनि र प्रतिपक्षमा पनि छलफल गरिराखेको छु । अहिले हामी समीकरणमा भएका प्रमुख दलसँग छलफल छ । मलाई विश्वास छ भोलि विहानसम्म एउटा निकास दिनुपर्छ भन्नेमा लागिरहेको छु,’– उनले भने ।

साथै, बाहिर विभिन्नखाले हल्लाहरु आइरहेको स्मरण गराउँदै उनले सत्तासमीकरणमा कुनै समस्या नरहेको बताए । उनले भने, ‘परिस्थिति मलाई कहालिलाग्दो त लागेको छैन, उत्तारचढावहरु छन् ।’

नीति कार्यक्रमका मूलभूत विषयलाई बजेटले बोकोस् भनेर आफू लागिपरेको उनको भनाइ छ । त्यस्तै आफूले चौथो पटक संसद्बाट विश्वासको मत लिन लागेको जानकारी गराउँदै उनले मत पाउनेमा ढुक्क रहेको बताए । उनले संख्यामा घटबढ भएपनि मत पाउनेमा दुविधा नरहेको बताए । ‘घटबढ भइराख्छ तर विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म कुनै दुविधामा छैन,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..