सभामुख नै भन्छन्: संसद् अवरोध भइरहे अध्यादेशबाट बाटाे खोल्नुपर्छ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्‌मा जारी गतिरोध अन्त्य नभए अध्यादेशबाट बाटाहरू खोल्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश शाखाले आयोजना गरेको ‘पत्रकारिताको सामयिक विमर्श तथा साधारसभा’ कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले यस्तो बताएका हुन्।

सभामुख घिमिरेले निकट आइरहेको बजेट र बजेटसँग सम्बन्धित विषय पारित गर्नुपर्ने अवस्थामा संसद् सुचारु हुनुपर्ने बताए।

‘त्यसमा पनि अहिले त सरकारकै बहुमत छ कि छैन भन्ने प्रश्न उठिसकेको बेलामा सरकारले बहुमत देखाउँछु भनेर देखाउनका लागि तिथिमिति तोकेको बेला छ,’ उनले भने,‘यस्तो बेला संसद् अवरोध भयो, चलेन भने के परिणाम आउँछ ? निश्चय पनि त्यतिबेला संसद् अन्त्य गरेर अध्यादेशका माध्यमबाट कतिपय बाटाहरू खोल्नुपर्ने परिस्थिति आउँछ।’

अहिलेकै अवस्थामा देश त्यो बाटोमा गए प्रजातन्त्रको कसरी उपयोग भयो भन्ने प्रश्न उठ्ने घिमिरेले बताए। यी कुराहरू आज सबैको बहसको विषय भएको सभामुख घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..