नोबेल मेडिकल कलेजले भन्योः रोशन सदाको शव बन्धक बनाएको होईन

काठमाडौं । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि.ले उपचारको क्रममा मृत्यु भएका सप्तरी जिल्ला सुरङ्गा नगरपालिका–१ तेतहरीका रोशन सदाको शव पैसा बुझाउन नसक्दा बन्धक बनाइएको भन्ने कुरामा सत्यता नरहेको बताएको छ । विभिन्न सञ्चार माध्यमहरुमा समाचार आएपछि हस्पिटलले विज्ञप्ति निकालेर घटनाबारे प्रष्ट पारेको हो ।

अस्पतालले उपचारको क्रममा विरामी रोशन सदाको मृत्यु भएको र अस्पतालको क्लियरेन्स गर्न विरामीको परिवारलाई समय लाग्ने भएपछि विरामीको परिवारले शवलाई शव गृहमा राखेका विज्ञप्तिमा उल्लेख छ । त्यसपछि अस्पताल प्रशासनसम्म विरामीको परिवार, आफन्त, कुरुवा कसैले पनि पैसाको अभाव भई छुट गराइदिन नभनेको बताएको छ ।

मृतकका आफन्तलाई क्लियरेन्स गर्न खबर गर्दा हिजो राती सम्बन्धित वडा कार्यालयको सिफारिस पत्रसहित अन्य कुरुवाहरु सम्पर्कमा आएकाले आज विहान प्रकृयागत रुपमा ३५ हजार छुट गराई शव लगिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..