कांग्रेस, राप्रपा र रेशम पक्षको नाउपाको विरोधपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

धनगढी । मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वास मत लिन बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ।

आज बिहीबार बैठक सुरू हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र नागरिक उन्मुक्ति पार्टी(नाउपा) रेशम चौधरी पक्षका सांसद्हरूले विरोध गरेपछि बैठक स्थगित भएको हो।

बैठकमा सरकार गठन र मुख्यमन्त्री नियुक्ती प्रक्रिया असंवैधानिक भएको भन्दै नारावाजी भएपछि सभामुख भीमबहादुर भण्डारीले आधा घण्टाको लागि बैठक स्थगित गरिएको जानकारी गराएका हुन्।

नागरिक उन्मुक्ती संसदीय दलका नेता घनश्याम चौधरीले असंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त भएका छन्। ‘यसका लागि हामी अदालतसम्म पनि पुगेका छौं। अदातबाट पनि पूर्ण फैसला भएको छैन। यो सरकार खारेज हुनुपर्छ। विश्वासको मत दिने पक्षमा हामी छैनौं। प्रक्रिया नै गलत छ’ उनले भने।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी विभाजित छ। रन्जिता पक्षका दुई जना सांसद नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता एवम् मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने तयारीमा छन् भने रेशम पक्षका पाँच जना सांसद् सरकारको विरोधमा उत्रिएका हुन्।

सुदूरपश्चिममा ५३ सांसद छन्। सोडारीले बहुमतको लागि २७ मत पाउनुपर्छ। यहाँ नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्रका सभामुख बाहेक १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका ७ र स्वतन्त्र एक सांसद छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..