एमाले सरकारको लागि संविधानको धारा ७६ को उपधारा ३ मा जान खोजिरहेको शेखरको आरोप

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले एमाले सरकारको लागि संविधानको धारा ७६ को उपधारा ३ मा जान खोजिरहेको आरोप लगाएका छन् । आज (बिहीबार) काठमाडौंको दियालो फुडल्याण्डमा आयोजित प्रजातान्त्रिक विचार समाजको स्थापना दिवस तथा २६औं केन्द्रीय साधारणसभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

सो क्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूहरुलाई धम्की नदिन चेतावनी दिएका छन् । ओलीले सदन अवरोध गरेको भन्दै कांग्रेससँग अब सदनमै भिड्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा कोइरालाले कांग्रेस कसैको धम्कीले नडराउने भन्दै कडा जवाफ फर्काए ।

नले भने, ‘पानी, मकै बेचेर सहकारीमा राखेको पैसा हिनामिना भएपछि जनता सडकमा आए, कांग्रेसले सदनमा राखेको हो । कुनै पनि राजनीतिक दलबाट नेपाली कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्की नेपाली कांग्रेसले डराएन भने कुनै राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..