उपेन्द्र यादव समाजवादी मोर्चाबाट अलग्गिए, अब प्रचण्डसँग वारपारको लडाईं लड्ने

काठमाडौं । उपेन्द्र यादव समाजवादी मोर्चाबाट अलग भएका छन् । आफ्नो पार्टी नै प्रधानमन्त्री पुष्पकमल दाहालले फुटाएको निश्कर्ष निकालेर यादवले मोर्चाबाट अलग हुने निर्णय लिएका हुन् । आफू विदेशमा भएको बेलामा असन्तुष्ट नेताहरुलाई प्रयोग गरेर पार्टी फुटाईएको भन्दै यादवले सार्वजनिक रुपमै माओवादीको आलोचना गरेका छन् ।

उनले अब फुट्ने पालोपनि प्रचण्डकै पार्टीको भएको भनेर दाबी गरेका छन् । अहिले मोर्चाको संयोजक नेत्रविक्रम चन्द छन् । विप्लवले मोर्चामा एमालेलाई पनि सहभागी गराउनेगरि पहल थालेका छन् । तर, एमालेले भने अहिले मोर्चामा सहभागी नहुने सन्देश दिएको छ ।

अब उपेन्द्र यादव निस्किएपछि भने एमालेले पनि मोर्चाको नेतृत्व गर्नेगरि पहल गर्न सक्ने चचौ सुरु भएको छ । प्रधानमन्त्री दाहालले सरकारबाट माधव नेपालको दललाई पनि निकाल्नेगरि आफूलाई मुभ गराएका छन् । माधवको दलको सट्टा नागरिक उन्मुक्ति र जनमत पार्टीलाई सरकारमा सहभागी गराउन उनीमाथि एमाले नेतृत्वबाट दबाब परेको छ ।

उपेन्द्रले भने पार्टीको केन्द्रीय कमिटीको बैठक समापन गर्ने क्रममा अब प्रचण्डसँग एकपटक वारपारको लडाईं लड्ने उद्घोष गरेका छन् । आफूसँगको लडाईं प्रचण्डका लागि महँगो पर्ने यादवको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..