प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

आइतबार दिउँसो राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच शितलमा भेटवार्ता भएको हो। मुलुकको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले प्रस्तुत गर्ने कार्यक्रम छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नदिने चेतावनी दिँदै आएको छ।

आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूलाई प्रधानमन्त्री दाहालले बालुवाटारमा छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..