सुहाङलाई बधाई दिँदै मिलनले भने: तपाईँको जित समग्र इलामेली जनताको जितमा रूपान्तरण होस्

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनबाट निर्वाचित नेकपा एमालेका सांसद सुहाङ नेम्वाङलाई रास्वपाका उम्मेदवार मिलन लिम्बुले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

आज बिहान सकिएको मतगणनामा सुहाङले २७हजार ७७३ मत ल्याउँदा मिलनले ५०५० मत ल्याएर चौथो भएका थिए । सुहाङलाई भेटेर मिलनले आफूहरुबीचको प्रतिस्पर्धा केबल व्यक्तिको नभएको पनि उल्लेख गरेका छन् ।

‘एउटा प्रक्रियामा हामी प्रतिस्पर्धी थियौँ। हाम्रो प्रतिस्पर्धा व्यक्ति–व्यक्तिबिचको नभएर इलाम र इलामेली जताको पक्षमा काम गर्ने सन्दर्भमा थियो’, मिलनले भने, ‘तपाईँको जित तपाईँ अर्थात् एउटा व्यक्तिको मात्र जितको रूपमा कायम हुने छैन, समग्र इलाम र इलामेली जनताको जितमा रूपान्तरण हुने अपेक्षासहित हार्दिक बधाई तथा शुभकामना।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..