लगानीकर्तामा नयाँ विश्वासको वातावरण बन्यो : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनमा लगानीकर्ताको उत्साहजनक सहभागिताले नयाँ विश्वासको वातावरण बनेको बताएक छन् ।

आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रको समापनपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले नेपालमा लगानीको उचित वातावरण बनाइएसँगै लगानी भित्रने विश्वास व्यक्त गरे ।

“हामीले जति वातावरण बनाउन सक्यौँ, त्यति लगानी आउने हुन्छ । आजदेखि नयाँ विश्वासको वातावरण बनेको छ”, प्रधानमन्त्री दाहालले भने । लगानी सम्मेलनको उद्घाटन सत्र उत्साहजनक रहेको उल्लेख गर्दै उनले सहभागी मुलुक र लगानीकर्ताको सहभागिताको दृष्टिकोणबाट निकै राम्रो भएको बताए ।

“उद्घाटन सत्र धेरै राम्रो भयो । हामीले सोचेकोभन्दा सहभागीको सङ्ख्या धेरै बढ्यो । एक हजार दुई सय हाराहारी होला भनेको दुई हजारभन्दा बढी लगानीकर्ताको सहभागिता रह्यो”, प्रधानमन्त्री दाहालले भने, “४५–५० देशको सहभागिता रहला भन्ने अनुमान गरिएको थियो । सहभागी मुलुकको सङ्ख्या ६० भन्दाबढी रह्यो ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..