प्रचण्ड र रवि लामिछानेलक्षित गगनको टिप्पणी : कांग्रेस र एमाले तर्साउने शक्तिलाई अन्त्य गरिदिउँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले ठूला दललाई तर्साउने शक्तिको अन्त्य गर्नको लागि एमाले र कांग्रेस मिल्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनले एमाले र कांग्रेसको सहकार्य निर्वाचनसम्बन्धी कानून संशोधन गर्न हुनुपर्ने बताएका हुन् ।

सम्वादको यात्राको क्रममा बाँके पुगेका थापाले यस्तो आवश्यकत्ता औंल्याएका हुन् । थापाले माओवादी केन्द्र र रास्वपालक्षित यो टिप्पणी गरेका हुन् । उनले भने,‘निर्वाचनमा कम सिट प्राप्त गर्ने तर ठूला दललाई तर्साउने शक्तिको अन्त्यका लागि संविधान वा राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्नुपर्ने विकल्प छ । त्यसको लागि कांग्रेस र एमालेले सम्वाद थाल्नुपर्छ ।’ निर्वाचनसम्बन्धी प्रावधान सच्याउनको लागि एमाले र कांग्रेस मिल्नुपर्ने कुरा यसअघि कांग्रेसकै नेता डा. शेखर कोइरालाले पनि उठाएका छन् ।

थापाले बाँकेको खजुरीमा आयोजित कार्यक्रममा भनेका छन्,‘सानोसानो पसल खोलेर धन्दा चलाउने अवस्था सधैंको लागि बन्द गरिदिऔं, १५ सिटे, २० सिटे, ३० सिटे पार्टीले कहिले कांग्रेस र्साउने, कहिले एमाले तर्साउने गर्न थाले । यो खेललाई सधैंका लागि बन्द गर्ने कानुन बनाऔं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..