नयाँ वर्षको सुरुवातसँगै नेपालकै पहिलो सुरुङमार्गको ब्रेक–थ्रु गर्न पाउँदा खुशी छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ वर्षको सुरुवातसँगै नेपालके पहिलो सुरुङमार्गको मुख्य सुरुङको ब्रेक–थ्रु गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । उनले यसबाट नेपाली मोटो सुहाउँदो सुरुङसम्बन्धी दस्तावेज निर्माण हुने पनि जनाएका छन् ।

प्रधानमन्त्री दाहालले भनेका छन्–‘नयाँ वर्षको सुरूवातसँगै नेपालकै पहिलो सुरूङमार्गको मुख्य सुरूङको ‘ब्रेक–थ्रु’ गर्ने ऐतिहासिक अवसर पाउँदा अत्यन्त खुसी छु। यसबाट नेपाली माटो सुहाउँदो सुरूङ सम्बन्धि दस्तावेज निर्माण हुनेछ।

यसले नेपाललाई सुरूङ युगमा पुर्‍याउन महत्वपूर्ण योगदान गर्नेछ। यस ऐतिहासिक अवसरमा नेपाल सरकारका सम्पूर्ण निकायहरू, मित्रराष्ट्र जापान, परामर्शदाता, निर्माण कम्पनि लगायत जनसमुदायमा हार्दिक आभार एवं धन्यवाद प्रकट गर्दछु।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..