राष्ट्रिय सभाको उपाध्यक्षमा जसपाले विमला घिमिरेलाई मत दिने

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा सत्ता गठबन्धनकी साझा उम्मेदवार विमला घिमिरेलाई जनता समाजवादी पार्टी नेपालले पनि मत दिने भएको छ ।

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि डाकिएको बैठकमा बोल्दै जसपाका राष्ट्रिय सभाका संसदीय दलका नेता महोमद खालिदले साझा उम्मेदवार घिमिरेलाई मत दिने जानकारी गराउँदै उनलाई समर्थन गरेका हुन् । राष्ट्रिय सभामा जसपाका ४ सांसद छन्

राष्ट्रिय सभाको उपाध्यक्षमा सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरे र नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनी उम्मेदवार रहेका छन् । घिमिरेलाई सत्ता गठबन्धनको समर्थन रहेको हुँदा उनी निर्वाचित हुने निश्चित रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..