गण्डकीको मुख्यमन्त्रीमा एमालेका अधिकारी नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्। संविधानको धारा १६८ को उपधारा (२) अनुसार अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका हुन्।

नेकपा एमाले, माओवादी केन्द्र र मनाङ १ (१)बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएर निर्वाचित राजीव गुरुङको समर्थनमा अधिकारीले आजै दाबी पेस गरेका थिए।

यसअघि अल्पमतमा परेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ गते राजीनामा दिएसँगै प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि २७ गतेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका थिए।

नवनियुक्त मुख्यमन्त्रीकाे शपथग्रहण आजै दिउँसो ३ः३० बजे गर्ने तयारी गरिएको छ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका उपसभामुखसहित २२, माओवादीका सभामुखसहित आठ, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य छन्। हाल अधिकारीलाई समर्थन गरेको माओवादीले सभामुखको संख्यालाई समेत गणना गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..