उपेन्द्रले ओलीलाई धोका दिए, इलाम–२ मा हर्कको उम्मेद्वार थेगिमलाई सघाउने

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा आफ्नो पार्टीको उम्मेद्वार नउठाउने निर्णय गराएका छन् । सत्ता गठबन्धनका मुख्य घटकहरु एमाले र माओवादी केन्द्रले इलाम २ मा जसपाको पनि साथ पाउने अपेक्षा राखेका थिए ।

तर, जसपाका अध्यक्ष यादवले भने सो क्षेत्रमा पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमलाई सघाउने भएका हुन् । थेगिमलाई धरानका मेयर हर्कराज राईको साथ छ । ०७९ को निर्वाचनमा एमाले र जसपाले सहकार्य गरेका थिए ।

एमालेले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाएको छ । माओवादीले पनि सुहाङलाई सघाउने भनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..