मन्त्रीहरुले अब हरेक दिन प्रधानमन्त्रीलाई आफ्नो कामको ब्रिफिङ गर्नुपर्ने

काठमाडौं । अबदेखि सङ्घीय मन्त्रीह्ररुले प्रत्येक दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो कामबारे ब्रिफिङ गर्नुपर्ने भएको छ ।

प्रधनमन्त्री प्रचण्डले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले हरेक दिनको कामबारे आफूलाई ब्रिफिङ गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले भने,‘सबै मन्त्रीहरुले प्रत्येक दिन गरेको कामको ब्रिफिङ बेलुका प्रधानमन्त्रीलाई गर्नुपर्छ । यसले सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ ।’

मन्त्रिपरिषद्को बैठकमा कर्मचारीहरु किन निर्णय गर्न डराउँछन् भनेर समेत गम्भीर छलफल भएको उनले बताए ।

पछिल्लो समय कर्मचारीहरूले काम गर्न नमान्दा समस्या देखिएको हो कि भन्ने स्थिति आएको अनुभव सुनाउँदै प्रधानमन्त्री प्रचण्डले यो स्थिति अन्त्य गर्ने प्रयास भइरहेको बताए ।

राजनीतिक नेतृत्व र कर्मचारीले एक अर्कालाई साथ र सहयोग नगरेमा कोही पनि सफल नहुने भन्ने विश्लेषण मन्त्रिपरिषद् बैठकमा भएको थियो ।

त्यही आधारमा प्रत्येक मन्त्रीले हरेक दिनका कामको ब्रिफिङ गर्नुपर्ने निर्णयमा पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..