सिरहा : होलीमा नियमविपरीत चल्ने १ सय ६६ सवारी कारबाहीमा

लहान । सिरहामा होली पर्वका अवसरमा सोमवार जिल्ला प्रहरी कार्यालय सिरहाले नियमविपरित चल्ने सवारी साधन कारबाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सन्तोष आचार्यका अनुसार नियम विपरीत चलाएका १ सय ६६ वटा सवारी साधन नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न स्थानमा दिनभर गरिएको सवारी चेकजाँचका क्रममा ती सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार हेलमेट नलगाएर मोटरसाइकल चलाउने,तीन जना राखेर मोटरसाइकल चलाउने , मादक पदार्थ सेवन गरी सवारी चलाउने र तीब्र गतिमा चलाउने १ सय ६६ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेमा मोटरसाइकल रहेको उहाँले बताउनुभयो । होलीको समयमा सोमवार जिल्लामा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..