दश लाख रुपैयाँ सहित हुण्डी कारोबारको आरोपमा एक जना सिरहा प्रहरीको नियन्त्रणमा

लहान । १० लाख रकमसहित हुण्डी कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले लहानबाटपक्राउ गरेको छ।

प्रहरीले हुण्डी कारोबारको आरोपमा लक्ष्मीपुर पतारी गाउँपालिका -६ सितापुर बस्ने ३० बर्षिय मुकेश कुमार साहलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहा बाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको अधारमा चेक जाँच गर्दा साहको साथबाट श्रोत नखुलेको १० लाख नेपाली रुपैयाँ बराम गरेको छ ।

पक्राउ परेका उनलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको एसपी सन्तोष कुमार आचार्यले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..