कोशी प्रदेशले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने मुख्यमन्त्री कार्कीको उद्घोष

काठमाडौँ । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाउने बताएका छन् । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले आज काठमाडौँमा आयोजना गरेको ‘अन्तरक्रिया कार्यक्रम’मा उनले विश्वको सर्वोच्च शिखर सगरमाथा भएको प्रदेशले कोशीले अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाउने बताएका हुन् ।

“कोशी प्रदेशको पर्यटन क्षेत्रको विकास गर्न तथा भारतीय पर्यटकलाई जोड्नका लागि प्रदेशले काम गरिरहेको छ । दरभङ्गा, सिक्किम, पटनालगायत क्षेत्रका पर्यटकलाई कोशीमा भित्र्याउन हामी लागिरेहका छौँ,” मुख्यमन्त्री कार्कीले भने ।

उनले सरकार र व्यवसायी एक सिक्काका दुई पाटो भएकाले व्यवसायीको समस्यामा सहजीकरण गर्न प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । “व्यवसायीलाई संरक्षण गरेमात्र उनीहरुले तिरेको करबाट सरकार सञ्चालन हुन सक्छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..