एकीकृत समाजवादीले अझै एउटा मन्त्री पाउने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पार्टीको तर्फबाट संघीय सरकारमा अझै एउटा मन्त्री पठाउने बताएका छन् । आज (शनिबार) आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन दलमा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउने सहमति भएको खुलासा गरेका हुन् ।

साथै, प्रदेशहरुमा पनि अब सरकार परिवर्तन हुने र त्यहाँ पनि एकीकृत समाजवादीले भाग पाउने उनको भनाइ छ । उनले विभिन्न प्रकारका राजनीतिक नियुक्तिमा समेत एकीकृत समाजवादीले कोटा पाउने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..