सत्तारुढ दलका शीर्ष नेताबीच राष्ट्रिय सभाको उपाध्यक्ष एकीकृत समाजवादीलाई दिने निर्णय

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुबीच राष्ट्रिय सभाको उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी) लाई दिने निर्णय भएको छ । आज (मंगलबार) बसेको सत्तारुढ गठबन्धन दलको बैठकले यस्तो निर्णय गरेको हो ।

एकीकृत समाजवादीलाई गठबन्धनमा ल्याउन एमालेले राष्ट्रिय सभाको उपाध्यक्ष पद छाडेको हो । यसअघि राष्ट्रिय सभाको उपाध्यक्ष एमालेलाई दिनबारे चार दलबीच सहमति बनेको थियो ।

एकीकृत समाजवादी पनि सत्तारुढ गठबन्धन दलमा सहभागी भनेपछि उक्त ८ बुँदे सहमति खारेज गर्दै पुनः ७ बुँदे सहमति बनेको छ ।

योसँगै सत्ता गठबन्धनमा सहभागी दलको संख्या पाँच पुगेको छ । अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..