जेसुकै परिवर्तन भए पनि एमालेले मिसन ८४ छाड्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले मिसन ८४ नछाड्ने बताएका छन ।माओवादी–एमालेको नयाँ गठबन्धन बनेसँगै एमालेको ‘मिसन ८४’को विषयमा चर्चा भइरहँदा ओलीले यो कायमै रहने प्रस्ट्याएका हुन्।

सोमबार काठमाडौंमा आयोजित जिफन्टको कार्यक्रममा बोल्दै उनले मिसन ८४ चुनावमा बहुमत ल्याउने कुराभन्दा माथिको विषय भएको भन्दै यस्तो बताएका हुन्।

‘देशमा परिवर्तन आवश्यक छ, परिवर्तन हुन्छ। जेसुकै परिवर्तन भए पनि हामी मिसन ८४ छोड्दैनौँ। मिसन ८४ भनेको चुनावमा बहुमत ल्याउने कुरा मात्रै होइन, त्योभन्दा माथिको कुरा हो। राष्ट्रिय शक्ति एमालेलाई निर्णायक शक्तिमा परिणत गर्ने हाम्रो उद्देश्य हो। त्यो मापन गर्ने मात्रै हो निर्वाचनबाट,’ अध्यक्ष ओलीले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..