आफूलाई अभियन्ता बताउने शर्मिला वाइवा पक्राउ

काठमाडौं । आफैँलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइवा कुटपिट तथा अंगभंग मुद्दामा पक्राउ परेकी छन् । वाइवालाई काठमाडौं प्रहरीको अनुरोधमा सिन्धुपाल्चोककाे बाह्रबिसेबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले वाइवालाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो ।

केही दिनअघि शर्मिला, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी पवन बसेको घरमा गएर उनीमाथि कुटपिट गरेको आरोप छ । उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्दै वाइबाविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए । हाल पक्राउ परेकी वाइवा यसअघि पनि धेरै पटक विवादमा तानिनुका साथै केही कसुरमा पक्राउ परेर समेत छुटेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..