(सिद्रा) माछासहित पिकअप बारा प्रहरीको नियन्त्रणमा

बारा । बारा प्रहरीले १ लाख ६० हजार मूल्य बराबरको (सिद्रा) माछासहित एक पिकअप नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटेको प्रहरी टोलीले बर्दिबासबाट नवलपरासीतर्फ जाँदै गरेको ज १ च १५३९ नम्बरको पिकअप चेकजाँच गर्ने क्रममा प्रहरीले पथलैयाबाट नियन्त्रणमा लिएको जनाएको छ ।

उक्त पिकअप गाडीलाई रोकेर चेकजाँच गर्दा बिल भरपाई भन्दा बढी श्रोत खुलाउन नसकेको अन्दाजी १ लाख ६० हजार मूल्य बराबरको (सिद्रा) माछासहित पिकअप नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले बताए ।

पिकअपलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय पथलैयामा बुझाइएको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..