महिलाको गोप्य तस्बिर खिचेको आरोपमा पक्राउ परेका डिएसपीलाई २५ हजार धरौटीमा छाड्ने आदेश

काठमाडौं । रेस्टुरेन्टको शौचालयमा महिलाको गोप्य तस्बिर तथा भिडियो खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका तुलसिंह केसीलाई अदालतले २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले केसीलाई धरौटीमा छाड्न आदेश दिएको हो। डिएसपी केसी गत ५ फागुनमा स्वयम्भुस्थित रेस्टुरेन्टबाट पक्राउ परेका थिए।

रेस्टुरेन्टमा आएकी एक युवती शौचालयमा गएका वेला बाथरुमको माथिल्लो खुला भागबाट उनले मोबाइलबाट तस्बिर तथा भिडियो खिचेका थिए। जसविरुद्ध महिलाले उजुरी दिएकी थिइन्।

मुलुकी अपराधसंहिताको दफा १२१ अनुसारको कसुरअनुसार केसीविरुद्ध आइतबार मुद्दा दायर भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..