ब्राउन सुगरसहित दुई जोडी पक्राउ

बिर्तामोड । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले नेपालको पूर्वी सीमा काँकडभिट्टाबाट दुई जोडी पक्राउ गरेको छ ।

लागुऔषध ब्राउन सुगरसहित दुई युवा र दुई युवतीलाई नेपालको पूर्वी सिमानाका मेची पुलबाट आइतबार साँझ ७ बजेको समयमा मेचीनगर –६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दमक –२ सुनखरी बस्ने वर्ष ३३ का प्रविन तामाङ र सोही ठाउँ बस्ने वर्ष ४५ का कमला तामाङलाई गोप्य सूचनाको आधारमा चेकजाँच गरेको थियो ।

सो क्रममा शरीर तलासी लिँदा उनीहरुले लगाएको कपडामा लुकाई छिपाई ल्याउँदैगरेको ९ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, आइतबार राति ८ः४५ बजेको समयमा मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०४१ प.१०३८ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा चालक मोरङ मिक्लाजुङ –९ बस्ने वर्ष २८ का डिकबहादुर कार्की र मोटरसाइकल पछाडि सवार मोरङ मधुमल्ला तोरीबारी बस्ने वर्ष २२ का नाईरा भन्ने कोशिस तामाङले लगाएको कपडाभित्रको भागमा लुकाई छिपाई राखेको ११ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।

चारै जनालाई इप्रका काँकरभिट्टामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..