आन्दोलनरत मिटरब्याज पीडितलाई सरकारले वार्तामा बोलायो

काठमाडौं । सरकारले आन्दोलनरत मिटरब्याज पीडितहरुलाई वार्तामा आउन आग्रह गरेको छ । गृह मन्त्रालयले आज पत्र पठाउँदै उनीहरुलाई वार्तामा आउन भनेको हो ।

मिटरब्याज पीडितहरुले अहिले काठमाडौं केन्द्रीत प्रदर्शन गरिरहेका छन् । उनीहरु २३ दिन हिँडेर काठमाडौं आइपुगेका थिए । गृहले बढीमा ५ सदस्यीय वार्ता टोली गठन गरी छलफलका लागि मन्त्रालयमा उपस्थित हुन भनेको छ ।

मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भएकोबारे मन्त्रालयको ध्यानाकर्षण भएको गृह मन्त्रालयद्वारा जारी पत्रमा भनिएको छ ।

गृहले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई पत्रमार्फत भनेको छ, ‘सो कार्यक्रममा तपाईं नेतृत्व रहेको भन्ने बुझिन आएकाले समस्या समाधानका सम्बन्धमा थप छलफलका लागि मन्त्रालयमा आमन्त्रण गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..