बालेनलाई अमरेशको प्रश्न: बालुवाटार जानुभयो, छाया सेन्टर, बाँसबारी र बालमन्दिरको जग्गा फिर्ता गर्न कहिले जानुहुन्छ ?

काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले ललिता निवासको जग्गा सरकारका नाममा ल्याउने अदालतको आदेशपछि काठमाडौं महानगरले देखाएको चासोप्रति प्रशंसा गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले बालुटावारको जग्गा फिर्ता लिन गएजस्तै बाँसबारी छाला जुत्ता कारखाना, छाँया सेन्टर र बालमन्दिरको जग्गा फिर्ता लिन कहिले जानुहुन्छ ? भन्दै प्रशन गरेका छन् ।

उनले भने “म काठमाडौंका मेयरलाई प्रश्न गर्न चाहन्छु– अदालतले फिर्ता गरिदिएको बालुवाटारको जग्गा खाली गर्न त जानुभयो, छाया सेन्टर र बाँसबारी छालाजुत्ता उद्योगको जग्गा र बालमन्दिरको जग्गा फिर्ता गर्न कहिले जानुहुन्छ ?”

सांसद सिंहले बालुवाटारको जग्गा कार्यकारी निकायको सक्रियताले फिर्ता आएको नभई अदालतको तदारुकताले फिर्ता आएको जिकिर गरे । उनले भने, “बालुवाटारको जग्गा कार्यकारीको हिम्मतले फिर्ता भएको होइन, सम्मानित अदालतको फैसलाबाट फिर्ता भएको हो ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..