एसपी आचार्यले सम्हाले सिरहा प्रहरीको कमाण्ड

सिरहा । जिल्ला प्रहरी कार्यालय,सिरहाको कार्यालय प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले पदभार ग्रहण गरेका छन् ।

प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको गत बुधबारको पत्रादेशले सिरहा प्रहरी प्रमुखको जिम्मेवारी पाएका आचार्यले सोमबार पदभार ग्रहण गरेसँगै जिल्लाको कमाण्ड सम्हालेका हुन् ।

प्रहरी उपरीक्षक आचार्यले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक निर्देशन समेत दिएका छन् ।

सिरहा जिल्ला अति संवेदनशील जिल्ला हो । जहाँ चोरी तस्करीदेखि गुण्डागर्दीसम्म हुने गर्छ । पदभार ग्रहण गर्दै सुरक्षा खबरसंगको कुराकानीमा एसपी आचार्यले जिल्लामा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा सूचना पाउने बित्तिकै एक्सन लिने विश्वास दिलाए ।

उनले आफूसँग भएको अनुभवलाई प्रयोग गरेर यहाँका नागरिकलाई शान्तिसुरक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराखी काम गर्ने बताए । आफू केही गर्नका लागि यहाँ आएको उल्लेख गर्दै एसपी आचार्यले सबैलाई साथ र सहयोग गर्न समेत आग्रह गरे ।

प्रहरी उपरीक्षक आचार्यले जिल्लामा रहँदासम्म कुनै पनि दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता जनाए । उनी संगठनमा हक्की स्वभावका प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..