एमालेले भन्यो : मन्त्री ज्वालालाई एक मिनेटपनि जिम्मेवारीमा बसिरहने छुट छैन्

काठमाडौं । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् ।

उनले बालकुमारी घट्नाको जाँचबुझ आयोगले उक्त घट्ना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको कमजोरीको कारण घटेको निश्कर्ष निकालेकोले मन्त्रीलाई आफ्नो जिम्मेवारीमा बसिरहने छुट नभएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमाफर्तन उनले मन्त्री जालाको राजीनामा मागेका हुन् ।

बर्तौलाले लेखेका छन्–

एक महिना पहिले दुई जना युवाको मृत्यु हुने गरि बालकुमारीमा भएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको छ। मन्त्रीकै गम्भिर कमजोरी र लापरवाहीको कारण उक्त दुखद घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालीसकेको अवस्थामा उहाँलाइ एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट छैन , तत्काल उहाँलाइ मन्त्री पदबाट बरखास्त गरिनुपर्छ र प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडी बढाइनुपर्छ ्र यदि यती ठूलो घटनाको मुख्य दोषी मन्त्रीलाई चाँही उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामाा ल्याउने प्रयत्न गरियो भने त्यो कदापी न्यायोचित र स्विकार्य हुने अबस्था रहँदैन ्र त्यसैले यस सन्दर्भमा अब सम्माननीय प्रधानमन्त्री स्वयम् पनि २४ घन्टे परिक्षामा पर्नुभएको छ्र हेरौँ रिजल्ट कस्तो आउँदो रहेछ्र

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..