प्रधानसेनापति शर्माद्वारा पाथीभराको दर्शन

ताप्लेजुङ । प्रधानसेनापति प्रभुराम शर्माले आज पाथीभराको दर्शन गरेका छन् । बिहान हेलिकप्टरमार्फत पाथीभरा आएका शर्माले पाथीभराको दर्शन गरेर फर्किएका हुन् ।

नेपाली सेनाको हेलिकप्टरमा आएका शर्मा पाथीभराको दर्शन (पूजापाठ) पछि सुकेटार विमानस्थल हुँदै फर्किएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभराको दर्शनपछि यस क्षेत्रमा पछिल्लो समयमा भएको समग्र परिवर्तनले आफू उत्साहित बनेको उनले बताए । गत वर्ष पनि पाथीभराको दर्शनमा आएका शर्माले यस पटक आउँदा पाथीभरा क्षेत्रमा धेरै परिवर्तन भएको बताए । शर्मा सुकेटार विमानस्थल हुँदै काठमाडौँ फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..