ललिता निवास जग्गा प्रकरणः विशेषमा सुनुवाइ सकियो, फैसला भोलिमात्रै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ मन्त्री, उच्च पदस्थ अधिकारी र जग्गा धनीविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ ।

उक्त मुद्दामा आज नै फैसला सुनाउने भनिएपनि समय अपुग भएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । उक्त मुद्दाको फैसला भोलि (बिहीबार) सुनाउने तयारी रहेको छ ।

उक्त मुद्दामा गच्छदार १० लाख धरौटीमा तारेखमा छन् । उनीहरु विरुद्ध ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..