करिब दुई करोड नक्कली नोटमा एनआइसी एसिया बैंकको ट्याग !

काठमाडौं । सोमबार सुनसरीको इनरुवामा बरामद गरेको करिब दुई करोड बराबरको नक्कली नोटमा एनआइसी एसिया बैँकको लोगोसहितको कागज (ट्याग) प्रयोग भएको भेटिएको छ ।

ट्राफिक प्रहरीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नागरिक साफीले चलाएको भारतीय स्कोरपियोमा कालो ब्यागभित्र सेतो बोरामा राखिएको १००० दरका १८ हजार २५१ थान नक्कली नेपाली नोट बरामद भएको हो ।

त्यो एक करोड ८२ लाख ५१ हजार रुपियाँ रहेको जानकारी प्रहरीले दिएको छ ।

बरामद गरेको नक्कली नोटको बण्डलमा एनआइसी बैँकको लोगोसहितको कागजले ¥याप गरेको देखिएको छ ।

एनआइसी एसिया बैँकको लोगोसहितको कागज हुँदा उक्त रकम एनआइसी एसिया बैँकबाट बाहिर गएको हो कि भन्ने आशंका गर्न सकिन्छ । तर, प्रयोग भएको कागज सक्कली नभई नक्कली रहेको एनआइसी एसिया बैँक इनरुवा शाखाले जनाएको छ ।

बैँकका इनरुवा शाखा प्रमुख दीपक पोखरेल नक्कली पैसा बैंकमा आउने बित्तिकै पत्ता लाग्ने भएकाले उक्त नगदमा प्रयोग भएको कागज नक्कली रहेको बताउनुहुन्छ ।

नक्कली पैसा बनाउने समूहले बैंकको लोगो प्रयोग गरी नक्कली कागत बनाएर प्रयोग गरेको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो ,“प्रहरीले पक्राउ गरेको नक्कली नोटमा एनआइसी एसिया बैँकको लोगो सहितको कागज बेरिएको सुनेका छौँ । नक्कली नोड बैँकमा आएपछि डिटेक्सन मेसिनबाट पत्ता लागिहाल्छ। यसमा प्रयोग भएको कागज नक्कली हो ।”

यति ठूलो परिमाणमा बैंकबाट नक्कली नोटहरु बाहिर जानसक्ने कुनै आधार नै नभएकाले यो बैंकलाई बदनाम गराउने फण्डा मात्र भएको उहाँको भनाइ छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गर्दै बरामद भएको नक्कली नेपाली नोट, भारतीय गाडी र भारतीय नागरिक साफीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..