कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने एकीकृत समाजवादीको चेतावनी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले कोशी प्रदेश संसदीय दलले कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । बुधबार मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका थिए । मन्त्रिपरिषद् विस्तारमा विगतको सहमति कार्यान्वयन नभएको भन्दै नेकपा (एस) ले असन्तुष्टि जनाएको हो ।

नेकपा (एस) ले मुख्यमन्त्री कार्कीले विगतको सहमतिअनुसार गल्ती नसच्याए विकल्प खोजेर अघि बढ्ने चेतावनी दिएको छ । मुख्यमन्त्री कार्कीले आज कांग्रेसका २ मन्त्री तथा २ राज्यमन्त्री र माओवादी केन्द्रबाट २ जना मन्त्री नियुक्त गरेका थिए ।

नेकपा (एस) ले कोशीमा अहिले एउटा मन्त्री पाइसकेको छ । विगतमा दुई वटा मन्त्री दिने सहमति भएको भन्दै संसदीय दलका नेता राजेन्द्र राईले असन्तुष्टि जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..