कांग्रेस संसदीय दलको बैठकः विषयगत समितिमा संयोजक तोकियो, कुन समितिमा को ?

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले विषयगत समितिमा संयोजक तोकेको छ । आज (शुक्रबार) बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभाअन्तर्गतका १० वटा विषयगत समितिमा पार्टीको तर्फबाट संयोजक तोकेको हो ।

बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायण खड्का, अर्थ समितिमा रामनाथ अधिकारी, उद्योग वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हितमा रमा कोइराला पौडेल, कानुन न्याय तथा मानवअधिकारमा नागिना यादव, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा कुशुमदेवी थापा, महिला तथा सामाजिक मामिला आशा विकलाई संयोजक तोकेको छ ।

त्यसैगरी, कांग्रेस संसदीय दलको बैठकले राज्य व्यवस्था सुशासन समितिमा दीलेन्द्र प्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचनामा लिलादेवी बोकिम र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरेलाई संयोजक बनाएको छ ।

पार्टीको विधानअनुसार समावेशी सिद्धान्तका आधारमा संसदीय समितिहरुमा संयोजक तोकिएको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । संसदीय दलको बैठकले आफ्ना सांसदहरुलाई संसद् अधिवेशनभर काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।
संसदको अधिवेशन चल्दासम्म सदस्यहरुले राजधानी नछाड्ने र राजधानी छाड्नुपर्‍यो भने दलको प्रमुख सचेतक र सचेतकबाट लिखित स्वीकृति लिएरमात्रै छाड्न निर्देशन जारी भएको प्रमुख सचेतक लेखकले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..